Section 7
इजाजतपत्र निलम्वन गर्ने अधिकार
(१) देहायको अवस्थामा नेपाल सरकारले ट्राभलवा ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र बढीमा ६ महिनासम्मको अवधिको लागि निलम्बन गर्न सक्नेछः–(क)यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको कुनै कुरा उल्लंघन गरेमा, वा
(ख)दफा ४ को खण्ड (ख) वा (घ) बमोजिम अयोग्य भएमा ।